Tuesday, August 11, 2015

महानगरमा ठूला बस सञ्चालनको तयारी साझा यातायातसँग सम्झौता

काठमाडौ, श्रावण २६ - काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्थाले उपत्यकामा थप २५ वटा ठूला वस संचानल गर्ने सम्झौता गरेको छ ।  मंगलबार भएको सम्झौतामा उपत्यकाको अव्यवस्थित र अस्तव्यस्त सहरी यातायातलाई व्यवस्थित बनाउन वातावरणमैत्री बस चलाइनेछ ।  महानगरका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बस खरिदका लागि १० करोड रुपैयाँ विनियोजन गरेको बताए । ६ महिनाभित्र बस खरिद गरि महानगरले साझालाई हस्तातरण गर्ने उनले बताए ।
'बस साझा यातायातलाई उपलब्ध गराउँछौं' उनले भने,' स्वामित्व पनि साझालाई हस्तानान्तरण गछौं ।' सेवामुलक ढंगबाट संचालन गर्न लागिएको जानकारी दिंदै प्रमुख तामाङले आगामि दिन थप बस संचालनमा ल्याइने बताए । रात्री बसको रुपमा पनि बस संचालन गरिने उनले बताए । तर हाललाई त्यसबारे केही निर्णय नभएको उनको भनाई छ । बस हस्तानान्तरण गरेपछि साझाले महानगरलाई शेयरधनी प्रमाण दिने पनि उनले बताए ।
साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दिक्षितले 'चौडा सडकमा ठूला बस' अवधारणा अन्तर्गत थप बस संचालन गरिने बताए । 'साझा यातायातले राम्रो र भरपर्दो सेवा दिन थालेपछि, यात्रुको साझाप्रति विश्वास बढेको छ, महानगरले हामीसँग हातेमालो गरेपछि  झन उत्साह बढेको छ' उनले भने, 'सेवामूलक हिसावले नै हामीले बस संचालन गरेका हौं ।'
साझाले हाल १६ वटा बस उपत्यकामा संचालन गर्दै आएको छ । अध्यक्ष दिक्षितले  महानगरबाहेक अन्य नगरपालिकासँग सम्झौता गरि थप साझा यातायात संचालन गरिने बताए । 'जनताको माग बढेमा अन्य नगरपालिकासँग साझा यातायात चलाउने सम्झौता  गछौं' उनले भने, ' सेवा विस्तार गर्छौ ।' करिव दुई वर्ष अघि साझाले उपत्यकामा ठूला बस संचालनमा ल्याएको हो ।

No comments:

Post a Comment